शीर्षकहरू

त्रिवि सेवा आयोगको सदस्य पदका लागि आवेदन खुल्यो

त्रिवि सेवा आयोगको सदस्य पदका लागि आवेदन खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य नियुक्ति सिफारिसका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सदस्यको लागि आवेदन माग गरेको  छ । छनोट समितिले आज जारी गरेको सूचना अनुसार चैत २८ गतेसम्म इच्छुक तथा योग्य व्यक्तिहरुले आवेदन दिन सक्ने छन् ।