शीर्षकहरू

सूर्यज्योति लाइफको ३५ प्रतिशत लाभांश घोषणा

सूर्यज्योति लाइफको ३५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठके हाल कायम चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० को आधारमा कुल १ अर्ब ५९ करोड ९ लाख ५० हजार २३५ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कुल लाभांशमध्ये १० दशमलव २६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश रहेको छ । प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । 

कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो । ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनस मार्फत पूँजी कायम गर्न लागेको हो । १० दशमलव २६ प्रतिशत बोनसपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रूपैयाँभन्दा बढी कायम हुनेछ ।