शीर्षकहरू

सूर्याज्योति लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश वितरण नगर्ने

सूर्याज्योति लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । साविक ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको यस कम्पनीले यस वर्ष मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो । 

२०७९ साल पुस ७ गतेदेखि एकिकृत कारोबार गरेको यस कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले मुनाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रूपैयाँ रहेको छ । यस कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले पूँजीका सम्बन्धमा गरेको व्यवस्था बमोजिम ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

यस वर्ष पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीको पूँजी पुग्न अझै समय लाग्ने देखिन्छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २३ करोड ६६ लाख ३० हजार रूपैयाँ खुद नाफा गरेको छ ।