शीर्षकहरू

संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेसको संघर्ष नरोकिदैनः बानिया

संसदीय छानबिन समिति नबनाएसम्म कांग्रेसको संघर्ष नरोकिदैनः  बानिया

काठमाडौं । सहकारीको नाममा लाखौं जनता लुट्नका विरुद्ध संसदीय छानबिन समिति बनाएर जनतालाई न्याय नदिलाएसम्म कांग्रेसको संघर्ष नरोकिने बागमती प्रदेश सभाका सदस्यसमेत रहेका इन्द्र बहादुर बानियाले बताएका छन् । मंगलबार मकवानपुर जिल्ला स्तरीय नेपाली काग्रेसको प्रशिक्षण कार्यक्रममालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । 

उनले कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै विगतमा कांग्रेस नेतृत्वको सरकारका पालामा छानबिन गर्न प्रतिपक्षी दलले आवाज उठाएपछि त्यसको सुनुवाइ गर्दै संसदीय छानबिन समिति गठन गरेको र तत्कालिन समयका अर्थममन्त्रीलाई राजीनामा गर्नसमेत लगाएको स्मरण गरे।

बेथितीका विरुद्धमा नेपाली काग्रेस सिंगो पार्टी एकढिक्का लढिरहने भन्दै उनले नेपाली काग्रेस संगठन निर्माण गर्दै जनतासँग दरिलो सम्बन्ध स्थापनाका लागि क्रियाशील हुन निर्देशनसमेत दिए।