शीर्षकहरू

समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त

समृद्धि फाइनान्सको सञ्चालकमा दिनेश कुमार बर्ताैला नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ सञ्चालक नियुक्त गरेको छ । फाइनान्सको माघ १९गतेको सञ्चालक समितिको निर्णय बमोजिम संस्थापक शेयरधनी पद्मोदय प्राइभेट लिमिटेडको तर्फबाट  दिनेशकुमार बर्ताैलालाई सञ्चालक पदमा नियुक्त गरेको हो । 

पद्मोदय प्राइभेट लिमिटडलेप्रति निधि संचालक रामकुमार बर्ताैलाको स्थानमा दिनेश कुमार बर्तौलालाई मनोनित गरेको फाइनान्सले जनाएको छ ।  एक कार्यक्रमकाबीच सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराइले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।