शीर्षकहरू

समृद्धि फाइनान्सका ग्राहकहरूलाई डिलाइट टेलरिङ सेन्टरमा छुट

समृद्धि फाइनान्सका ग्राहकहरूलाई डिलाइट टेलरिङ सेन्टरमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीबार काठमाडौंको पुतलीसडकमा रहेको डिलाइट टेलरसङ सेन्टरसँग समझदारी गरेको छ । उक्त समझदारी पत्रमा फाइनान्स कम्पनीका प्रमुख व्यवसाय प्रवर्धन अधिकृत सुभाष श्रेष्ठ र डिलाइट टेलरसङ सेन्टरका संस्थापक नरेश घलेले हस्ताक्षर गरेका हुन् । 

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरूले यही वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा सिप्स प्रयोग गरि उक्त टेलरसङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने कम्पनीले जनाएको छ । 

समृद्धि फाइनान्स नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । यस संस्थाले हाल १३ वटा शाखाहरू मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको संस्थाले जनाएको छ ।