सिटिजन्स बैंकको नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

९ बैशाख २०८१

cover image

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ज्यूले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् । भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन् ।

कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ईएमआइको सुविधा पनि रहेको छ । 

बैंकले ग्राहकहरूलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रूपमा सञ्चालित क्रेडिट कार्ड हो । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्ने बैंकले जनाएको छ । 

 

Image

माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री काल...

Image

डिजिटल कर्जासम्बन्धी व्यवस्था लागू गर्न पूर्वाधार तयार पारिनुपर्ने र उधारो उठाउने कानुन प्रभावकारी ब...

Image

जेठ ३० गतेसम्म बिक्री हुने यस बचत पत्रको निष्कासन असार ४ गते हुने मन्त्रालयले जनाएको छ ।

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४