शीर्षकहरू

सिंगापुर पनि वृद्धवृद्धा कुर्न विदेशी लैजानुपर्ने अवस्था

सिंगापुर पनि वृद्धवृद्धा कुर्न विदेशी लैजानुपर्ने अवस्था

एजेन्सी । वृद्ध जनसंख्या बढ्दै जाँदा र प्रजननदर निरन्तर घट्दा सिंगापुरले जापानमा झैं जेष्ठ नागरिक कुर्न विदेशी कामदार लैजानुपर्ने स्थिति निम्तँदैछ ।

सन् २०२३ मा सिङ्गापुरको कुल प्रजनन दर ०.९७ मा झरेको छ । यो दर पहिलो यसरी तल झरेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले संसद्मा बताएका हुन्‌ । 

अघिल्लो पाँच वर्षको अवधिको तुलनामा विगत पाँच वर्षमा कमै सिंगापुरवासीहरूले विवाह गर्ने र बच्चा जन्माउने गरेको इन्द्रानीले उल्लेख गरेका छन्‌ ।

कोभिड-१९ ले केही दम्पतीको विवाह र अभिभावकत्व योजनामा ढिलाइ, बच्चा हुर्काउनको लागि आर्थिक लागतको दबाब, कामजीवन सन्तुलनको चिन्ता, र प्राथमिकताहरूमा पुस्ताको परिवर्तन जस्ता धेरै कारणहरूले गर्दा जनसङ्ख्या वृद्धिमा कमी आएको पाइएको छ ।

युवाहरूले विवाह वा अभिभावकत्वलाई जीवनको महत्त्वपूर्ण लक्ष्यको रूपमा हेर्न छोडेको पनि प्रारम्भिक अनुसन्धानले देखाएको छ ।