शीर्षकहरू

सीप सिकेर स्वदेशमै काम गर्ने सोच बनाउन उपप्रमुख डंगोलको आग्रह

सीप सिकेर स्वदेशमै काम गर्ने सोच बनाउन उपप्रमुख डंगोलको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपप्रमुख सुनिता डंगोलले टुँडिखेलमा आयोजना गरेको सीप मेलाको निरीक्षण गरेकी छन् ।

उनले आज बिहान ८ बजे सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षण गरेकी हुन् । मेलाको निरीक्षण गर्दै उपप्रमुख डंगोलले सीप सिकेर स्वदेशमै काम गर्छु भन्ने सोच बनाउन सीप मेलाका प्रशिक्षार्थीलाई आग्रह गरेकी छन् ।

उनले भनिन्, 'सीप सिकेर स्वदेशमा काम गर्छु । नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्नुहुनेछ भन्ने भन्ने अपेक्षा छ ।'

काठमाडौं महानगरपालिकाको आयोजनामा गत बुधबारदेखि टुँडिखेलमा एक महिने सीप मेला सञ्चालन भइरहेको छ । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित सुरु गरेको मेलामा १० हजार बढीले आवेदन दिएका थिए । वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइएको महानगरले जनाएको छ ।