शीर्षकहरू

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ लाख ८७ हजार संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ लाख ८७ हजार संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको २ लाख ८७ हजार ५०० कित्ता शेयर चैत १३ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक लगानीकर्ताहरूले चैत २० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयरको मूल्य प्रतिकित्ता २१० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्दै आवेदन पेश गर्नुपर्नेछ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरूले चैत १३ गतेपछि कम्पनीबाट प्रस्ताव हुने हकप्रद शेयर र लाभांश प्राप्त गर्न योग्य हुने जानकारी समेत कम्पनीले दिएको छ । 

शेयर खरिदका लागि बोलपत्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौंबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । कम्पनीले यी शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्री खुला गरेको हो ।