शीर्षकहरू

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

शाओमीको ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् । 

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले अभिनेत्री स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त पछि शाओमीले अझ उचाइ लिने बताए । 

त्यस्तै, नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र आफ्नो व्यक्तिगत लक्ष्य मेल खाने बताइन् ।