शीर्षकहरू

शाओमी १४ नेपाली बजारमा, कति पर्छ मूल्य ?

शाओमी १४ नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन शाओमी १४ नेपालमा सार्वजनिक गरेको छ । शाओमी १४ लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टमको साथमा प्रयोगकर्ताहरूले उत्कृष्ट फोटोग्राफीको अनुभव प्राप्त गर्न सक्नेछन् ।

शाओमी १४ मा ६.३६ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले, स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर, र ९० वाट वायर वा ५० वाट वायरलेस चार्जिंगको साथमा ४६१० एमएच ब्याट्री उपलब्ध छ । एआई फेस अनलक, अन स्किृन फिङ्गरप्रिन्ट जस्ता फिचरका साथमा आइपी ६८ रेटिङ पनि यस स्मार्ट फोनमा उपलब्ध छ । डुअल सिम सपोर्ट, ५ जि कनेक्टिभिटी, र विभिन्न सेन्सरहरूले प्रयोगकर्ताको अनुभवलाई झनै रमाइलो बनाउने  विश्वास कम्पनीले  लिएको  छ । 

शाओमी १४ ले लाइका क्यामरा प्रविधिको साथ स्मार्टफोन फोटोग्राफीमा नयाँ स्टान्डर्ड सेट गरेको छ । ठूलो १.६ एपर्चरको साथ शाओमी १४ ले कम उज्यालोमा पनि उज्यालो र स्पष्ट तस्बिरहरू खिच्दछ । यस अप्टिकल लेन्सले ज्यादै राम्रो कलर रिप्रोडक्सन, कन्ट्रास्ट र रिजोलुसनका साथ क्याप्चर स्पिडलाई पनि बढाउने कम्पनीको जनाएको छ । 

शाओमी १४ कालो, सेतो र जेड ग्रीन कलरमा १२ जिबी + ५१२ जिबी भेरियन्टमा उपलब्ध छ । शाओमी १४,  १२ जिबी + ५१२ जिबी भेरियन्टको मूल्य रु. ९९ हजार ९९९ राखिएको छ ।