शीर्षकहरू

सांसद सोबिता गौतम एलएलएम पढ्न अयोग्य !

सांसद सोबिता गौतम एलएलएम पढ्न अयोग्य !

काठमाडौँ। कानुन बनाउने थलो प्रतिनिधि सभामा रहेका केही सीमित कानुनका विद्यार्थी मध्ये एक हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम। तर, उनै सोबितालाई नेपालको जेठो र सर्वाधिक लोकप्रिय सरकारी विश्वविद्यालय त्रिभुवन बिश्वबिद्यालयले भने त्यहाँ भर्ना हुन अयोग्य करार गरेको छ। 

त्रि.बि. कानुन संकायद्वारा मिति २०७९ साल माघ १४ शनिवारका दिन बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पसमा सञ्चालित एलएल. एम. प्रवेश परीक्षाको  आधारमा अयोग्य ठहर्‍याएको हो। सो परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित गर्दै सार्वजनिक गरेको योग्यता क्रम (मेरिट लिस्ट) मा योग्यहरूको क्रमसङ्ख्या भित्र सोबिता नअटाएकी हुन्। 

त्रि.वि. को आङ्गिक क्याम्पसहरू नेपाल ल क्याम्पस काठमाडौंको लागि प्रातः (बिहानी छ सिमेष्टर समुहका लागि ३५ जना र दिवा (चार सिमेष्टर समुहका लागि ५० गरी जम्मा ८५ जना र त्रि.वि. को सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपाको दिया चार सिमेष्टर समूहमा ५० जना गरी जम्मा १ ३५ सिटमा भर्नाको लागि मात्र योग्यता क्रममा रहेका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरिएको डिनको कार्यालयले जनाएको छ। जसमा माननीय सोबिताको नाम भने १७२ नम्बरमा छ। 

यसरी हाम्रो संसद्मा  कानुनका दफा र संविधानका धारा नै केलाउन सक्ने विज्ञहरूको अभाव रहेको बेला त्यो पूर्ति हुनेगरी देखिएको एक सम्भावना हाललाई ओझेल परेको छ। तर, दैव दाहिना रहेका बेला चुनाव जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूका रहरमा किन यसरी एकपछि अर्को गर्दै तुसारापात हुँदै छ ? कि यो दलका सांसदहरूले पनि पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषसँग परामर्श गर्ने पो हो कि ?