शीर्षकहरू

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

साना किसान विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रूपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।

चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताहरूले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिदाँ न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । 

आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।