शीर्षकहरू

सामाजिक सुरक्षा कोषमा साढे ५२ अर्ब रकम संकलन, ८ अर्ब दाबी भुक्तानी

सामाजिक सुरक्षा कोषमा साढे ५२ अर्ब रकम संकलन, ८ अर्ब दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत ८ अर्ब ४० करोड दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजनाबापत १ लाख ३४ हजार ६२६ जनालाई उक्त रकम भुक्तानी गरेको हो ।    

कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ९७ करोड ६७ लाख ८२ हजार भुक्तानी गरेको छ भने दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ११ करोड ४६ लाख ३७ हजार रुपैयाँ भुक्तानी गरेको छ । 

त्यस्तै, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत १३ करोड २६ लाख ९१ रुपैयाँ भुक्तानी भएको छ भने वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ७ अर्ब १८ करोड २४ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको कोषले जनाएको छ । यो भुक्तानी चैत्र १८ गते आइतबारसम्मको हो ।  

कोषमा हालसम्म १८ हजार ८०३ रोजगारदाता र १२ लाख ४२ हजार १८ योगदानकर्ता सूचिकृत भएका छन् । हालसम्म कोषमा ५२ अर्ब ५१ करोड रुपैयाँ संकलन भएको छ ।  जसमा दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनाको ३ अर्ब ८ करोड ५० लाख ६ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबाट १ अर्ब ५१ करोड ४३ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ । यसका साथै वृद्ध अवस्था सुरक्षा योजनाबाट ४४ अर्ब ५ करोड ४ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ ।