शीर्षकहरू

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब ८४ करोड भुक्तानी

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब ८४ करोड भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ । कोषले शुक्रबारसम्ममा आठ अर्ब ८४ करोड भुक्तानी गरेको हो ।  

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ६१ हजार ३४७ जनाले दाबी गर्दा एक अर्ब ३ करोड ४७ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी गरिएको छ । त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ९१ लाख ९३ हजार ९०८ रुपैयाँ रहेको छ । 

आश्रित परिवार सुरक्षा योजनामा ४९५ जनाले दाबी गरेका थिए । उनीहरूले १३ करोड ८७ लाख ३६ हजार ३२ रुपैयाँ भुक्तानी पाएका छन् । वृद्ध अवस्था सुरक्षा योजनामा ७ अर्ब ५४ करोड ९३ लाख ५० हजार ८२७ भुक्तानी गरिएको कोषले जनाएको छ ।    

योगदानकर्ताको सङ्ख्या १३ लाख नाघ्यो 

हालसम्म सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको सङ्ख्या १३ लाख २१ हजार ९६० पुगेको छ । यसका साथै कुल रोजगारदाता १८ हजार ८ सय ८६ रहेका छन् 

सामाजिक सुरक्षा कोषमा  हालसम्म आबद्ध रोजगारदाता कोसी प्रदेशमा एक हजार ९८० रहेका छन् भने योगदानकर्ता भने ५० हजार ५ सय ९३ रहेका छन् ।  

त्यस्तै, मधेशमा ९१३ रहेका छन् रोजगारदाता रहेका छन् भने २४ हजार ९४४ योगदानकर्ता रहेका छन् । बागमती प्रदेशमा  १३ हजार १ रोजगारदाता रहेका छन् भने ३ लाख ८० हजार ६ सय ४३ योगदानकर्ता रहेका छन् । गण्डकी प्रदेशमा ८ सय ८३ रोजगारदाता पुग्दा १९ हजार १ सय ७६ योगदानकर्ता रहेका छन् । 

लुम्बिनी प्रदेशमा १ हजार ५ सय ७१ रोजगारदाता रहेका छन् भने १७ हजार १९२ योगदानकर्ता रहेका छन्  । कर्णाली प्रदेशमा २५९ रोजगारदाता रहेका छन् भने १ हजार ६९५ योगदानकर्ता रहेका छन् । सुदूर पश्चिम प्रदेशमा २ सय ७९ रोजगारदाता रहेका छन् भने २ हजार ६० योगदानकर्ता रहेका छन् । 

कोषका अनुसार वैदेशिक योगदानकर्ताहरू ८ लाख २५ हजार २९६ पुगेका छन् भने अनौपचारिक योगदानकर्ता २७१ रहेको छ । स्वरोजगार योगदानकर्ताको सङ्ख्या ९० रहेको छ । 

योगदान रकम कति भयाे संकलन ? 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा औपचारिक मार्फत १ अर्ब ५६ करोड ३३ लाख ८३ हजार ४ सय ७७ रुपैयाँ रकम संकलन भएको छ । अनौपचारिक मार्फत ५ लाख ४४ हजार ८२ रुपैयाँ रकम संकलन गरिएको छ । यस योजनामा स्वरोजगार २६ हजार ९४ रहेको छ । यी सबै शिर्षक अन्तर्गत यस योजनामा १ अर्ब ५६ हजार ३९ लाख ५३ हजार ६५३ रकम संकलन रहेको छ । 

दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ३ अर्ब २३ करोड २१ हजार ३२० रहेको छ भने वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ४५ अर्ब ५६ करोड ४० लाख ६३ हजार ६८८ रुपैयाँ रकम संकलन भएको छ । 

अतिरिक्त योगदान मार्फत ९५ करोड ८३ लाख ४६ हजार २७० रकम संकलन भएको छ । प्रतिफल मार्फत कुल २ अर्ब ९४ करोड ८२ लाख ९६ हजार ६८ रुपैयाँ रकम संकलन भएको छ ।