शीर्षकहरू

रिलायबल लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

रिलायबल लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा कम्पनीको सभा सम्पन्न भएको हो ।  

सभाले नियमित एजेन्डाहरू सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आव २०७९÷०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल सहितको एकीकृत वित्तीय विवरणहरू पारित गरेको छ । यसका साथै कम्पनीले लेखा परीक्षकको नियुक्तिका साथ शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र ०.८४ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

वार्षिक साधारण सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरू निर्विरोध निर्वाचित भएका छन् । जसमा डा. भीष्म कार्की र  दिवेश लोहनी रहेका छन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड छ ।