शीर्षकहरू

राम मन्दिरको मूर्तिको गर्भगृहको पहिलो तस्बिर सार्वजनिक

राम मन्दिरको मूर्तिको गर्भगृहको पहिलो तस्बिर  सार्वजनिक

एजेन्सी । भारतको अयोध्याको राम मन्दिरको मूर्तिको अभिषेक हुनुअघि गर्भगृहको काम तिब्र गतिमा चलिरहेको छ । यसैबीच, गर्भगृहको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ ।  जसमा भव्य गर्भगृहको भित्ता र गुम्बजमा सुन्दर नक्काशीहरू देखिन्छन्। मन्दिर ट्रस्टका अधिकारीले यो तस्विर सार्वजनिक गरेका छन् । अयोध्यामा राम मन्दिरको भव्य उद्घाटन समारोह अर्को वर्ष २२ जनवरी २०२४ मा हुने भएको छ। अभिषेक समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित करिब सात हजार व्यक्तिलाई आमन्त्रण गरिएको छ ।

डिसेम्बर १५ गतेसम्म मन्दिरको गर्भगृहमा रामललाको मुर्ति स्थापनाका लागि तयार हुनेछ । रामलला (भगवान रामको बालस्वरूप)को तीनवटा मूर्ति बनाइँदैछ। रामललाका तीन वटा मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको र त्यसमध्ये एउटालाई राम मन्दिरको गर्भगृहमा स्थापना गरिने अधिकारीहरूले बताएका छन् । तीन वटा मूर्तिमध्ये दुई कर्नाटक र एउटा राजस्थानको ढुङ्गाबाट बनेको उनले बताए ।