शीर्षकहरू

पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको निधन

पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको निधन

एजेन्सी। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको आइतबार निधन भएको छ । उनी ७९ वर्षका थिए। मुशर्रफ लामो समयदेखि एमाइलोइडोसिस रोगबाट पीडित थिए । उनको दुबईको अस्पतालमा उपचार भइरहेको थियो । परवेज मुशर्रफ २० जुन २००१ देखि १८ अगस्त २००८ सम्म पाकिस्तानको राष्ट्रपति थिए।

मे २०१६ देखी  देशद्रोहीको आरोपको सामना गरिरहेका परवेज मुशर्रफलाई पाकिस्तानी अदालतले फरार घोषित गरेको थियो। त्यसपछि उनी दुबई भागेका थिए । मुसर्रफ केही महिनादेखि अस्पतालमा भर्ना भएका थिए । ट्विटरमा जानकारी दिँदै उनको परिवारले उनी एमाइलोइडोसिस नामक रोगबाट ग्रसित भएकाले उनका सबै अङ्गले काम गर्न छाडेको बताएको थियो । 

एमाइलोइडोसिसमा, मानव शरीरमा एमाइलोइड नामक असामान्य प्रोटिन बन्न थाल्छ। यो मुटु, मिर्गौला, कलेजो, स्नायु प्रणाली, मस्तिष्क आदि अङ्गहरूमा जम्मा हुन थाल्छ, जसका कारण यी अङ्गका तन्तुहरूले राम्रोसँग काम गर्न सक्दैनन्।

सन् १९९८ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले परवेज मुशर्रफलाई विश्वास गर्दै पाकिस्तानी सेनाको प्रमुख बनाएका थिए । तर एक वर्षपछि १९९९ मा जनरल मुशर्रफले नवाज शरीफलाई सत्ताच्युत गरे र पाकिस्तानको तानासाह बने। नवाज सरिफले सत्ता सम्हाल्ने बित्तिकै परिवारसहित पाकिस्तान छोड्नुपरेको थियो ।

सत्तामा रहँदा जनरल मुशर्रफले बलुचिस्तानमा स्वतन्त्रताको माग गर्नेहरूलाई दमन गरेका थिए। त्यहाँ सयौँ मानिस मारिए । यही कारण बलुच महिलाले जनरल मुशर्रफलाई विश्वव्यापी आतङ्कवादी घोषणा गर्न अमेरिकासँग माग गरेका थिए ।