शीर्षकहरू

पुराना ऋणीको हल्लाले नयाँ लगानीकर्तालाई उत्साही बन्न दिएन: अर्थमन्त्री

पुराना ऋणीको हल्लाले नयाँ लगानीकर्तालाई उत्साही बन्न दिएन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पुराना लगानीकर्ताहरूको हल्लाका कारण नयाँ लगानीकर्ताहरूलाई उत्साहित बन्न नदिएको बताएका छन् । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

उनले भने, ‘बजारमा समस्या देखिने तर सूचकाङ्क सही देखिनुको कारण हाल व्याप्त रहेको नकारात्मकताको सञ्चार र आत्मविश्वास को कमीले भएको हो । नयाँ लगानीकर्तालाई पुराना ऋणीको हल्ला र नकारात्मक प्रचारले उत्साही बन्न दिएको छैन ।’ 

त्यस्तै, उनले ब्याजदर भर्खर मात्र काम भएकोले अब केही समय पछि त्यो सुधार्ने ठोकुवा गरे । उपभोग गर्ने ठूलो जनसङ्ख्या बिदेसिएको कारण पनि आयात काम भएको उनले स्वीकारे । 

जे चलिरहेको छ त्यसमा सबैलाई कम्फर्ट त होला तर अब वित्तीय अनुशासन कायम गर्नु जरुरी रहेको अर्थमन्त्रीको भनाई छ । यसोकासाथै संशोधित बजेटले राखेका राजश्वको लक्ष पूरा हुने आधारहरू का रूपमा उनले अब थपिने गैर कर राजस्व ले पुरा गर्ने उनले बताए ।

अबको दिनमा आशावादी बन्न आफूले पेश गरेको तथ्याङ्क नै काफी र पर्याप्त रहेको उनले दाबी गरे। समस्या छोपेर होइन बाँडेर नै अगाडी बढ्ने उनले बताए। लगानी सम्मेलनको अगाडी के के कानुनी सुधार गर्नुपर्छ भन्ने निजी क्षेत्रसँग माग गरिएकै आधारमा गरिएको उनले बताए। आर्थिक रूपान्तरण जादु देखाए जस्तो नहुने हुँदा त्यसलाई सकारात्मक रूपमा लिन उनले आग्रह गरे।