पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

१९ माघ २०८०

cover image

बाँके । बाँके र बर्दियामा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । 

उनका अनुसार यही माघ २५, २६ र २७ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ । साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेको जनाउँदै अध्यक्ष सापकोटाले ‘टुर दि ठाकुरद्वारा’मा अन्तरप्रदेश साइकल यात्री र अन्तर्राष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागि हुने बताए । 

“साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो, यस क्षेत्रमा सुरक्षित साइकल यात्रा र सहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ”, क्लबका पूर्वअध्यक्ष सतिश निरौलाले भने । 

पर्यावरण मैत्रीरुपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्राको उद्देश्य रहेको उनको भनाइ छ । “यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले नेपालगञ्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ”, निरौलाले भने, “साइकल यात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको छ ।”

क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरी तीन सय साइकल यात्री सहभागी हुने जनाएको छ । कार्यक्रम नेपालगञ्जको वागीश्वरी मन्दिरबाट सुरु भई बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म एक सय किलोमिटर साइकल यात्रा पूरा गर्ने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रद्वीप कार्कीले बताए ।  

Image

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किन...

Image

कार्यक्रममा इजिप्टका भ्लग्गर र इन्फ्लुएन्सर, कलाकार, शिक्षा, संस्कृति र पर्यटनसँग सम्बन्धित व्यक्तित...

Image

खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र प...

Image

थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्य...

Image

खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय...

Image

समुद्री सतहदेखि दुई हजार ६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्य भरिपूर्ण छ । गाउँपाल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४