प्रभावकारी बन्दै ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम

१६ फाल्गुण २०८०

cover image

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुन्तला प्रशस्त फल्ने गरेका भरतपोखरी, हङ्सपुर, पुरञ्चौरलगायत स्थानमा ‘सिक्टस ग्रिनिङ’ (सुन्तलामा लाग्ने रोग, जसले उत्पादन घटाउँछ) सङ्क्रमणका कारण एक दशक अघि खेती सखाप भएको थियो । 

यहाँका फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायत स्थानमा भने अहिले पनि सुन्तला खेती गरिँदै आइएको छ । यहाँका सुन्तलामा असिनाका कारण क्षति पुगे पनि अन्य रोगजन्य सङ्क्रमण भने देखिएको छैन । सुन्तला भएका स्थानलाई लक्षित गरी पोखरा महानगरपालिकाले यहाँको वडा नं २१ र २२ मा चार वर्षदेखि सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । कार्यक्रमसँगै परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको उनले बताए । 

कार्यक्रमअन्तर्गत प्रोत्साहन अनुदान प्राप्त गर्नका लागि किसानले मलखाद, बोडो पेस्ट, बोडो मिक्स्चर स्प्रे गरी छापो प्रयोग गर्नुपर्दछ । अघिल्लो वर्षसम्म उक्त प्रक्रिया पूरा गरेका किसानलाई प्रतिबोट रु एक सय उपलब्ध गराएको महानगरले यस वर्ष प्रतिबोट रु एक सय ५० उपलब्ध गराउने भएको छ । आवश्यक प्रक्रिया पूरा गर्नका लागि ३५ दिने समयावधिसहित माघ मसान्तसम्म समय दिएर सूचना निकालिएको जानकारी दिँदै कडरियाले प्राप्त निवेदन अनुसार आवश्यक मापदण्ड पूरा गरेका किसानलाई अनुगमन पश्चात् सहयोग उपलब्ध गराइने जानकारी दिए । यसवर्ष लगभग २५ हजार बोटका लागि प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए । 

उक्त कार्यक्रम लागू भएपछि सुन्तला उत्पादनमा पनि वृद्धि भएको किसान बताउँछन् । असिनाको प्रकोप व्यहोर्न नपर्ने हो भने यस क्षेत्रमा सुन्तलाबाट मनग्य आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । कार्यक्रमअन्तर्गत अघिल्लो वर्ष किसानलाई लगभग रु २५ लाख प्रोत्साहन अनुदान उपलब्ध गराइएको प्रमुख कडरियाले जानकारी दिए ।      

Image

कालिमाटी तरकारी बजारमा आजका लागि विभिन्न तरकारी तथा फलफूलको मूल्य कालिमाटी तरकारी तथा फलफूल विकास सम...

Image

कृषि सेवा शाखा प्रमुख महतोका अनुसार चार वडालाई नगरपालिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । पकेट...

Image

तर, हाम्रो सरकार भने विदेशी शक्ति केन्द्रहरूलाई रिझाउने र नेपाल भित्रै रहेका नेपाली विरोधी व्यापारी ...

Image

करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौं...

Image

बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले रु तीन करोडको लागतमा भवन निर्माण गर्न थालिएको ...

Image

त्यस्तै, स्याउ(फूजी) के जी ३२५ रुपैयाँ रहेको कालिमाटी तरकारी तथा फलफूल विकास  समितिले जनाएको छ । त्य...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४