शीर्षकहरू

पोखरा रोयल सहकारीमा ३६.३४ प्रतिशत तरलता, कूल सम्पत्ति कति ?

पोखरा रोयल सहकारीमा ३६.३४ प्रतिशत तरलता, कूल सम्पत्ति कति ?

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारीमा ३६.३४ प्रतिशत तरलता रहेको छ ।

यस अवधिमा सहकारीमा कुल शेयर सदस्यहरूको सङ्ख्या ९ हजार २९० रहेको छ भने कुल ऋणी सहकारी सदस्यको सङ्ख्या एक हजार ३७२ रहेको छ ।

उक्त वित्तीय विवरण अनुसार हाल सहकारी शेयर पुँजी २० करोड ३७ लाख ८९ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार, कुल बचत १ अर्ब ८६ करोड ६४ लाख ९४ हजार, ऋण लगानी एक अर्ब ६९ करोड ५० लाख ५८ हजार रुपैयाँ रहेको छ । 

हाल सहकारीको तरलता रकम ६७ करोड ८२ लाख ३२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, समीक्षा अवधिमा सहकारीको कुल संस्थागत पुँजी १८ करोड ७० लाख ४६ हजार, विभिन्न कोषको जम्मा रकम १२ करोड ४५ लाख ९७ हजार र कुल सम्पत्ति २ अर्ब ४९ करोड ७० लाख ३१ हजार रुपैयाँ रहेको छ ।