शीर्षकहरू

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् । 

सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको  इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन् । 

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।