शीर्षकहरू

पहाडी तथा हिमालमा हल्का हिमपातको सम्भावना

पहाडी तथा हिमालमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। 

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ।