शीर्षकहरू

पाँचथर पावर १२ करोडभन्दा बढी नोक्सानीमा

पाँचथर पावर १२ करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँचथर पावर कम्पनी लिमिटेड १२ करोड ५ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । बढीले कम्पनीले निर्माण गरेको आयोजनामा गत असार महिनामा आएको बाढीले क्षति पुर्याएसंगै आयोजनाको पुनः निर्माण तथा मर्मत कार्य भैरहेकाले विद्युत विक्री आम्दानी हुन सकेको छैन । जसको असर अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा कम्पनीको नोक्सानी बढेको हो । 

दोस्रो त्रैमाससम्म कम्पनी १० करोड ५४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । गत वर्षको तेस्रो त्रैमाससम्म भने कम्पनी ८ करोड ६० लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेको छ । गत वर्ष ९ करोड ३४ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ११ करोड ९० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रूपैयाँ छ । जगेडा कोष रकम भने कम्पनी खुद नोक्सानीमा गएसँगै १ करोड ७९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १३ करोड ५६ लाख रूपैयाँभन्दा बढी थियो ।

दीर्घकालिन कर्जा ७७ करोड ८७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने देखिएको छैन । तेस्रो त्रैमाससम्म कम्पनी प्रतिशेयर १३ पैसा नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ९८ रूपैयाँ १३ पैसा छ ।