न्यायालयको राजनीतिकरणप्रति पूर्व न्यायाधीशहरुको चिन्ता

१३ फाल्गुण २०८०

cover image

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरुले न्यायालयमा भइरहेको राजनीतिकरणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन। राष्ट्रिय सभाका पूर्व सदस्य प्रा.अशोकनाथ तिवारीद्वारा ऐतिहासिक एवं सामसामयिक विषयवस्तुमा लेखिएका पाँचवटा कृतिहरु विमोचनका लागि शनिबार राजधानीमा आयोजित कार्यक्रममा संवैधानिक कानूनका ज्ञाता एवं सर्वोच्चका पूर्व न्यायाधीश टोपबहादुर सिंहले न्यायालयका पछिल्ला घटनाहरुले अदालतमा अझ धेरै राजनीतक र आर्थिक प्रभाव बढ्दै गरेको देखिएको बताएका हुन। 

गैरकानूनी काम गर्ने न्यायाधीशलाई सरुवा मात्रको कारवाही गर्ने प्रवृत्तिले गल्ती गर्ने न्यायाधीशहरु अझै हौसिने उनको भनाइ थियो। यस्तै सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्तीले पनि न्यायालयमा राजनीतिकरण अन्त्य गर्नुको विकल्प नरहेको बताए। 

अधिवक्ता एवं कानूनविद् समेत रहेका लेखक तिवारीले पृथ्वीनारायण शाहका युवराज प्रतापसिंह शाहले तन्त्रविद्याको लहडमा विवाह गरेकी नेवार कन्या मैजु महारानीको विषयवस्तुमा लेखेको कृति मैजु महारानी‚ निबन्ध संग्रहहरु हिरासत‚ चुनौती‚ पितृलोकको वर्णन र मैले नचिनेको म समेत पाँच कृतिहरु आज एकसाथ सार्वजनिक गरिएको हो। हिमालय प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा इतिहासकार डा․ सुरेन्द्र के․सीले राज्य सञ्चालनमा रहेका व्यक्तिहरुले यौनका सम्बन्धलाई उचित व्यवस्थापन गर्न नसक्दा के कस्ता दुर्घटना हुन्छन् भन्ने तथ्य मैजु महारानीमा प्रकट भएको बताए।

 प्रकाशित कृतिहरुका सम्बन्धमा इतिहासकार प्राज्ञ दिनेशराज पन्त‚ वरिष्ठ साहित्यकार तथा अनुसन्धानकर्मी पुष्कर लोहनी‚ हिन्दू संस्कृतिका ज्ञाता डा․ सत्यराज थपलिया लगायतले चर्चा गरेका थिए। हिमालय प्रतिष्ठानकातर्फबाट अध्यक्ष उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले आगामी दिनमा पनि प्रतिष्ठानले कानून‚ इतिहास र पूरातत्वका क्षेत्रमा विविध अनुसन्धान एवं प्रकाशन कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

Image

काठमाडौं । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल बिद्युत् प्राधि...

Image

त्यस्तै, बा ३ ख ८१ ६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का ३३ वर्षीय ध्रुव बस्याल, ...

Image

सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्रबाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत...

Image

शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बा...

Image

गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा  संयुुक्तरूपमा आयोजित  १२औँ ‘रेडपान्डा’ ट्र...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४