न्याय पुस्तक सार्वजनिक

१२ माघ २०८०

cover image

काठमाडौं । न्याय क्षेत्रका लागि सबैलाई उपयोगी हुने हुने पुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सर्वोच्च अदालत विभागीय कार्य समितिद्वारा प्रकाशित पुस्तक ‘न्याय’ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लोकार्पण गरेका छन् । उनले कानुन र न्यायको क्षेत्रमा काम गर्ने सबैका लागि पुस्तक महत्वपूर्ण भएको भन्दै यसले पुस्तक अध्ययन गर्ने बानीको विकासमा पनि मद्दत पुग्ने बताए । 

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ काइरालाले न्याय र कानुनका क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका लेख भएकाले यो पुस्तक महत्वपूर्ण भएको बताएका छन् । उनले अहिलेसम्म सरकारले निजामती ऐन ल्याउन नसक्दा धेरै कर्मचारी प्रभावित भएको बताए । 

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना वैदिक तथा एतिहासिक काम भएको र न्याय प्रणालीका सबै अवयव समेटिनु महत्वपूर्ण भएको बताएका छन्। उनले कानुन अध्ययन गर्नेका लागि यो पुस्तक अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले न्याय पुस्तक प्रकाशन गर्ने काम धेरै मेहनतले लेखिएको, अनुभव भएको र सबै न्याय क्षेत्रका व्यक्तिका लागि काम लाग्ने बताए । उनका अनुसार पुस्तक जिल्ला न्यायाधीश, सहसचिव, उपसचिव शाखा अधिकृत र अधिवक्ताको परीक्षाको पाठ्यक्रममा आधारित छ । 

सर्वोच्च अदालतका आठ, उच्च अदालतका १७, जिल्ला अदालतका ३२, न्यायाधीश राजपत्राङ्कित विशिष्ट श्रेणीका चार, सहसचिव, उपसचिव, वरिष्ठ अधिवक्ता तथा अधिवक्तासहितका विज्ञका एक सय तीन लेख एकीकृत गरिएको उक्त सङ्ग्रह १५९६ पेजको रहेको छ । 

सहन्यायाधिवक्ता गोविन्द खनालका अनुसार न्याय पुस्तकमा ८७ लेखकका १०३ लेख रहेका छन् । लेख ४० औँ वर्ष न्याय क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिले लेखेको उनले जानकारी दिए । न्याय सेवाप्रति आशा भरोसा राख्ने, न्याय सेवाप्रति चासो राख्ने, न्याय सेवालाई नै जीवनपद्धति बनाउँदै यसमा भविष्य खोज्ने न्यायिक जनशक्ति निर्माणका लागि पुस्तक उपयोगी हुने आयोजकको भनाइ थियो । 

Image

पाटन संयुक्त क्याम्पसमा २६ जना शिक्षक माग भएको छ । १३ वटा विषय अध्यापन गराउनका लागि शिक्षक माग भएको ...

Image

समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । ...

Image

काठमाडौं । कक्षा १२ को बोर्ड परिक्षाको तालिका प्रकाशित भएको छ । परिक्ष...

Image

परीक्षार्थीहरू परीक्षाको एक दिनअघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्र...

Image

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार वाङ सियाओहोङ र अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्त...

Image

कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहको स्थायी श...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४