शीर्षकहरू

नयाँ नोटमा चुच्चे नक्सा राख्ने विषयमा भारतीय विदेशीमन्त्रीले भने, ‘दिल्लीको ‘पोजिसन’ स्पष्ट छ’

नयाँ नोटमा चुच्चे नक्सा राख्ने विषयमा भारतीय विदेशीमन्त्रीले भने, ‘दिल्लीको ‘पोजिसन’ स्पष्ट छ’

काठमाडौं । एक सय रुपौयाँको नेपाली नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतीय विदेशमन्त्रीले एक तर्फी निर्णय भने छन् ।  भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे प्रतिक्रिया जनाउदै यस विषयमा नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको आरोप लगाएका छन् । 

विदेशमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन गर्न नसक्ने बताएका छन् । उनले भने,  ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ ।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको १ सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरिएको चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । नेपालले सन् २०२० मा मे महिनाको सुरुवातमा ती क्षेत्रहरू समावेश गरेको नयाँ नक्सा प्रकाशित गरेको थियो ।