निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो

२० चैत्र २०८०

cover image

खोटाङ । निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको  निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो ।

निर्माण कम्पनी नेपाल फूलवारी–स्वर्णीम–अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो । स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि काम सुरु गरेको थियो । टावर ढले यता काम पुलको काम रोकिएको थियो । निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न अनुरोध गरेका थिए । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलव्ध गराएको रु तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु भएको थियो । 

झोलुङ्गे तथा पक्की पुल अभावमा साविकको डिकुवा–३ बाईटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका एक सय १० परिवार  डुङ्गा चढेर नदी वारपार गर्न बाध्य छन् । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

Image

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछा...

Image

उनका अनुसार पुरानै क्षेत्रमा ढलको विस्तार र व्यवस्थापन हुन्छ । नयाँ ढल राख्ने वा थप्ने योजना छैन । ख...

Image

पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने एक सय ३५ वटा कल्भर्ट बन्ने छन् । ‘पाइल फाउन्डेसन’ विधिबाट केर...

Image

बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । ...

Image

सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो पालिकाले अघिल्लो वर्षमा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याए...

Image

सुर्खेत ।  भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा ब...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४