नेप्सेमा १०.५० अंकको गिरावट, कारोबार भने बढ्यो

२८ माघ २०८०

cover image

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ । नेप्से सूचक २०८५.८२ अंकमा झरेको हो ।

कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा झण्डै पौने अर्ब रुपैयाँले बढेको छ । आज नेप्सेमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता शेयरमूल्यमा ९२ रुपैयाँ ३० पैसा र कुथेली बुथेली हाइड्रोपावर कम्पनी लिमिटेडको ९० रुपैयाँ र ९० पैसा वृद्धि भएको हो ।

त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

Image

तस्करहरुले ल्याउँदै गरेका चल्ला बेवारिसे अवस्थामा बिहिबार बरामद गरेको हो । २ लाख ४० हजार मूल्य बराबर...

Image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सक...

Image

नेप्सेमा दोहोरो अंकको पहिरो चल्दा सूचक १९७२.०९ बिन्दुमा झरेको छ । पछिल्लो समय मनोवैज्ञानिक विन्दु भन...

Image

कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई र १४ प्रतिशत अर्थात ...

Image

बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको यो हकप्रद शेयर खरीद गर्न सक्नेछन्...

Image

सर्वसाधारणमा विक्री गरिएको उक्त ऋणपत्र दोस्रो बजारमा समेत कारोबार गर्न मिल्ने गरी सूचीकृत गराइएको हो...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४