नेपाली कपडाको ब्राण्डिङ गरिरहेका रञ्जना-मिलनवीरः ‘नम्बर वान’ बनाउन यसरी गर्दैछन्‌ संघर्ष

२८ फाल्गुण २०८०

cover image

काठमाडौं । नयाँ बजारका रञ्जना श्रेष्ठ र मिलनवीर मालाकार नेपाली कपडा उत्पादनमा लागेका तीन दशक नाघ्यो। मालाकार दम्पतीले कोरोना महामारी अघिसम्म पश्मिना र ऊनी (उलन)का कपडा उत्पादन तथा बिक्री वितरण गर्थे।  

‘नेपाली कपडा उत्पादन क्षेत्रमा हामी लागेको तीन दशक नै भइसक्यो। पहिलो ऊनीको स्वीटरदेखि पश्मिना कपडा बनाउने र बेच्ने गर्थ्यौं। अहिले सूती (कटन)तिर लागेका छौं’, रञ्जनाले सुनाइन्।

रञ्जना कपडा व्यवसाय गर्ने परिवारमै हुर्किइन्‌। गोरखा माइती रहेकी रञ्जनाका आमाबा पनि कपडा व्यवसायी नै हुन्। सानैदेखि परिवारले कपडा व्यवसाय गरेको देखेर नै उनी यस व्यवसायतिर आकर्षित भएकी हुन्। 

ठमेलमा जन्मिएका मिलनवीर भने व्यवसायिक परिवारमा हुर्किएका होइनन्। पछि मिलनवीर आफैंले कपडा व्यवसाय शुरु गरे। आफ्नो घर वरपरका पसलले नेपाली उत्पादनबाट राम्रो बजार पाएको देखेर नै उनी यसप्रति आकर्षित भएका हुन्। 

‘घर वरपरका पसलहरूमा नेपाली उत्पादनले राम्रो बजार पाएको देखेर नै म कपडा व्यवसाय गर्न होमिएको थिएँ। मैले ठमेलमा ऊनी तथा पश्मिनाका कपडा उत्पादन गर्ने गर्थें। त्यो व्यवसायमा लामो समय बिताएँ’, मिलनवारले भने। 

पश्मिना र ऊनीको व्यवसायमा साढे दुई दशक बिताएका यी दम्पती अहिले भने कटनका लुगा उत्पादनमा लागेका छन्। पाँच वर्षदेखि उनीहरूले ‘नेपाली कटन हाउस’ सञ्चालन गरिरहेका छन्। कटन हाउसको कारखाना पनि सोह्रखुट्टे नयाँ बजारमै छ।

यी दम्पतीले २०७५ सालमा कटन हाउस शुरु गरेका हुन् । उद्योग शुरु गरेलगत्तै कोरोना महामारी फैलियो। सुरुवाती दुई वर्ष बजार खास नपाए पनि उत्पादनलाई नै निरन्तरता दिए। कोरोना महामारीपछि भने कटनका कपडाहरूले राम्रो बजार पाएको छ।

‘कटनको कपडा जाडो गर्मी दुवै समयको लागि उपयुक्त हुन्छ। कटनको कपडाको बजार राम्रो रहेको छ। यसले गर्दा हामी अहिले कटनका कपडा उत्पादनदेखि बिक्री वितरणमा लागेका छौं’, उनले भनिन्।

कटन उत्पादनलाई ब्राण्डिङ गर्नका लागि उनीहरूले सुरुवातमा करिब २० लाख रुपैयाँ खर्च गरे। नेपाली कटन हाउसले सबै उमेर समूहहरूको लागि कपडा उत्पादन गर्ने गर्छ। सर्ट, पाइन्ट, टी–सर्ट, कुर्तीदेखि वानपिस लगायत कपडाहरू उत्पादन गर्ने गरिएको रञ्जना बताउँछिन्। 

उनी भन्छिन्, ‘हामीले सबै उमेर समूहलाई लक्षित गरेर कपडाहरू उत्पादन गर्ने गरेका छौं। हाम्रा उत्पादन देशभर पुग्ने गरेको छ। थोक र खुद्रा दुबैमा बिक्री गर्दै आएका छौं।’ 

रञ्जनाका अनुसार नेपाली कटन हाउसका कपडाको मूल्य ५०० देखि दुई हजार रुपैयाँसम्म पर्छ। पछिल्लो समय नेपाली उत्पादनहरू मन पराउने ग्राहकहरू बढेको उनको अनुभव छ।  

रञ्जना भन्छिन्, ‘पहिले नेपाली उत्पादन भनेपछि विश्वास नगर्ने र नकिन्ने अवस्था थियो। तर पछिल्लो समय नेपाली उत्पादन मन पराउनेहरू धेरै छन्। बजारमा नेपाली उत्पादन माग धेरै नै छ। स्वदेशी मात्रै होइन, विदेशीहरूले पनि रुचाउनुहुन्छ।’  

आफ्ना उत्पादनहरू गुणस्तरीय भएकोले पनि धेरैले रुचाएको उनको दाबी छ। रञ्जना भन्छिन्, ‘कटनका कपडा यसै पनि नरम हुन्छ। गर्मी र जाडो दुवै समयमा लगाउन उपयुक्त हुन्छ। हाम्रो उत्पादन गुणस्तरीय पनि छ।’

उनका अनुसार नेपाली कटन हाउसलाई आवश्यक पर्ने कपासको धागो भारतबाट ल्याइन्छ। उक्त धागो घरेलु उद्योगहरूमा दिने गरिएको छ। त्यहाँबाट बनेका कपडालाई अन्तिम रूप दिन कारखानामा ल्याइन्छ र फिनिसिङ गरिन्छ। जसका लागि कारखानामा २० जना खटिएका छन्।

कटनको ब्राण्डिङ गर्न दम्पती नै लागिपरेका छन्। कटनका कपडाको माग राम्रो भएकोले गुणस्तरीय सामान ग्राहकसम्म पुर्‍याएर ब्राण्ड स्थापित गर्न लागि परेको उनी सुनाउँछिन्। ‘कसरी राम्रो गर्ने भनेर नै लागिरहेका छौं। नेपाली ब्राण्ड नम्बर वान बनाउन नै हामीले गुणस्तरमा ध्यान दिएका छौं’, उनले भनिन्। 

नेपाली कटन हाउसको व्यापार मासिक ५ लाख रुपैयाँसम्म हुने गर्छ। उत्पादित सामान ‘साङ्ग्रिला क्रिएसन’ले बिक्री वितरण गर्नेगर्छ। कटन हाउसका कपडा नेपाल बाहिर जापान, अमेरिका र अष्ट्रेलियातिर पनि निर्यात हुने गरेको छ। उनीहरू अझै बजार विस्तार गर्ने सोचमा छन्। आफ्नो उत्पादनलाई विश्व बजारमा पुर्‍याउने उनीहरूको लक्ष्य छ।

बजारमा माग राम्रो रहेकोले नेपाली ब्राण्डका कपडाहरूको प्रवर्द्धन गर्न सरकारले सहयोग गर्नुपर्ने रञ्‍जना बताउँछिन्‌। उनी भन्छिन्, ‘नेपाली कपडाको बजार पछिल्लो समय राम्रो छ। कतिपयले यस क्षेत्रमा लगानी गर्न नसकिरहेको अवस्था पनि छ। कपडा उद्योग सञ्चालन गर्न चाहने नयाँ उद्यमीहरूलाई सरकारले सहयोग गर्नुपर्छ।’ 

Image

काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग २०८० फागुन १७ गते सम्झौता गरेको थियो । स्थान अ...

Image

भैरहवा । नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिणाममा लागु औषध पक्राउ परेको छ । आज वैशाख ४ गते मंगलबा...

Image

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा ब...

Image

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका...

Image

केही गर्छु भन्ने अठोट भएका महिलाहरूले सङ्घर्ष नै गरेर भएपनि चाहेको क्षेत्रमा लाग्न उनी सुझाव दिन्छिन...

Image

के एसटीआई गठन नै वर्तमान समस्या हल गर्ने अचुक बाण हो रु गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको एसटीआईले...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४