नेपालगञ्ज–गुलरिया सडक विस्तार तीब्र

१६ फाल्गुण २०८०

cover image

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ ।  एघार दशमलव ६० किलोमिटर चार लेन र १६ दशमलव दुई किलोमिटर दुई लेनगरी २७ दशमलव ६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको थियो । 

एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक रु दुई अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरिएको बताए । 

निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडक विस्तारकार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको रु ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ ।  रासस

Image

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछा...

Image

उनका अनुसार पुरानै क्षेत्रमा ढलको विस्तार र व्यवस्थापन हुन्छ । नयाँ ढल राख्ने वा थप्ने योजना छैन । ख...

Image

पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने एक सय ३५ वटा कल्भर्ट बन्ने छन् । ‘पाइल फाउन्डेसन’ विधिबाट केर...

Image

बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । ...

Image

सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो पालिकाले अघिल्लो वर्षमा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याए...

Image

सुर्खेत ।  भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा ब...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४