शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा आउने

नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्रीमा आउने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २० लाख कित्ता संस्थापक शेयर फागुन ८ गतेदेखि बिक्रीमा आउने भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर प्रतिकित्ता २८० रूपैयाँ अंकित मूल्यमा बिक्रीमा आउन लागेको हो । 

इन्छुक विद्यमान संस्थापक शेयरधनीहरूले चैत १२ गतेसम्म यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम २० लाख कित्ता माग गर्नुपर्ने व्यवस्था रहेको छ । बोलपत्र आवेदन फारम बिक्री प्रबन्धक ग्लोबल  आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट ५०० रूपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । 

यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरूले माघ २८ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १३ गते विहान ९ः३० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम तय भइसकेको छ ।