शीर्षकहरू

नेपाल लाइफ इन्स्योरेन्सको बीमा कोष २१.७४ प्रतिशतले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको बीमा कोष २१.७४ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल लाइफको बीमा कोष २१.७४प्रतिशतले वृद्धि भई करिव १८३ अर्व ६५ करोड रुपैयौ पुगेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बीमा कोषसँगै नाफामा समेत उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुदनाफामा १२.९० प्रतिशतको वृद्धिभएकोे छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
 
कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन  २,०००.०६ करोड रुपैयाँ रहेको छ जुन गतवर्षको सोहि अवधिमा प्राप्त कुलबीमा शुल्क  १,८६२.७२ करोड रुपैयाँको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले समीक्षा अवधिमा ३ अर्व १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गतआर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्व ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो । नविकरण बीमाशुल्क १६ अर्व ८३ करोड रुपैयाँ रहेको छ । 

यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्व ९७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थियो । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६८२.०५ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा १८,६१०.२१ करोड रुपैयाँ भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको छ । 

गतआर्थिक वर्षको अन्त्य सम्ममा करिव १५० अर्व ८६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष २१.७४प्रतिशतले वृद्धि भई करिव १८३ अर्व ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्तीकोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चित छ । त्यसैगरी, कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्व ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ। ८ अर्व २० करोड रुपैयाँचुक्तापूँजी रहेको यस कम्पनीको समिक्षाअवधिमाकम्पनीको प्रति शेयर आम्दानी१०.४२ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।