शीर्षकहरू

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा निर्वाचन प्रक्रिया सर्वोच्चले रोक्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा निर्वाचन  प्रक्रिया सर्वोच्चले रोक्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोली मंगलबारका लागि तय भएको वार्षिक साधारण सभा स्थगित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सो साधारण सभा स्थगितको माग गर्दै शेयर धनी तथा आगामी कार्यकालको लागि संचालक समिति सदस्यका प्रत्यासी रोल्पाका  चक्र बहादुर थापाले दायर गरेको रिटमा सर्वोच्चले सोमबार रिट जारी हुने निर्णय गरेको हो । बैंकको साधारण सभा भएपनि निर्वाचनको कार्यक्रम भने अदातलको आदेशले प्रभावित भएको बैंकको निर्वाचन समितिले जनाएको छ । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत २० गते मङ्गलवार ३७औं वार्षिक साधारण सभा बोलाएको थियो  । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने कार्यक्रम तय गरिएको थियो।

संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको थियो । यस वर्ष कम्पनीले लगानीकर्ताको हात खाली भने बनाएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम सेयर धनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । साबिक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ साल पुस २७ गतेदेखि एकीकृत कारोबार गरेका हुन । दुई कम्पनी एक भएको वर्ष लगानीकर्ताको हात खाली बनेको हो ।