शीर्षकहरू

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारण सभा मंगलबार हुने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साधारण सभा मंगलबार हुने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत २० गते मङ्गलवार ३७औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । यस वर्ष भने कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २४ गतेदेखि सभा नभएसम्मको अवधिसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट २०७९ साल पुस २७ गतेदेखि एकिकृत कारोबार गरेका हुन । दुई कम्पनी एक भएको वर्ष लगानीकर्ताको हात खाली बनेको हो ।