शीर्षकहरू

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सम्झौता भएको छ । य दुईबीच शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरका हुन् । सानिगाडको प्रति शेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता शेयर बापत ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ ।  

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र शेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र शेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।