शीर्षकहरू

चाडपर्वमा मोटरसाइकल कम्पनीका अफर : बम्पर उपहारदेखि आकर्षक छुटसम्म !

चाडपर्वमा मोटरसाइकल कम्पनीका अफर : बम्पर उपहारदेखि आकर्षक छुटसम्म !

काठमाडौं । नेपालीको मुख्य चाड वडादशैं नजिकिएसँगै बजारमा सवारीसाधन (अटोमोबाइल्स)का ग्राहकहरू पनि बढेका छन् । दशैंमा सवारीसाधनहरू किन्न खोज्नेहरूका लागि मोटरसाइकलका आधिकारिक वितरकहरूले विभिन्न अफरहरू समेत सार्वजनिक गरिरहेका छन्‌ ।

आर्थिक मन्दीका कारण यसअघि सवारीसाधन किन्ने ग्राहक कम थिए । तर, चाडपर्व नजिकिएसँगै ग्राहकको संख्या पनि बढेका हुन् । दुईपाङग्रे सवारीसाधन खरिद गर्ने ग्राहकमाझ रोयल इन्फिल्डले आक्रमक बजार विस्तार गरेको छ । ग्राहकको माग अनुसार मोटरसाइकल आपूर्ति गर्न रोयल इन्फिल्डलाई भ्याइनभ्याइ छ । नेपालमै एसेम्बल गरेलगत्तै मूल्य घटाएपछि युवामाझ लोकप्रिय यो बाइकको माग ह्वात्तै बढेको हो ।

यससँगै अन्य ब्राण्डका मोटरसाइकल खरिद गर्ने ग्राहकहरू पनि बढेका छन् । दशैं-तिहार नजिकिएसँगै कम्पनीहरूले प्रतिष्पर्धा गर्दै नयाँ-नयाँ अफरहरू सार्वजनिक गरिरहेका हुन् । यसरी कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा हुँदा ग्राहकलाई धेरै नै फाइदा हुने देखिएको छ ।

यस्ता छन्‌ अफर :

टीभीएस

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कूटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै यसको वेबसाइटमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाख रुपैयाँसम्म जित्ने मौका दिइएको कम्पनीले जनाएको छ । हरेक महिना १०० प्रतिशत क्यासब्याक जित्ने अवसरसाथ एक भाग्यशाली विजेताले बम्परमा १० लाख रुपैयाँसम्म जित्ने अवसर रहेको कम्पनीले जानकारी दिएको छ ।

साथै, कम्पनीले एक्चेन्जमा १० हजारसम्म थप भ्यालुएशन तथा शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउन पेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधापनि दिएको छ। मोटरसाइकलमा जीवनभरका लागि वारेन्टी सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।

होण्डा

होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “दशैंमा १० लाख” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कूटरको खरिदमा स्क्य्राच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

त्यस्तै, ‘चुज इयोर स्किम’ अन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् । साथै १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे एमसी प्याकेज पाउन सक्नेछन् । कम्पनीले ग्राहकहरूलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘रु.१ फाइनान्स योजना’ मा पनि यो “दशैंमा १० लाख” योजना उपलब्ध गराइरहको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिकोलागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कूटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

सुजुकी

सुजुकी मोटरसाइकल तथा स्कूटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाईल्सले चाडपर्व लक्षित अफर ल्याएको छ । यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्तर्गत ग्राहाकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कूटरको खरिदमा पाइने कम्पनीले जनाएको छ ।

१० हजार रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कूटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँ पाइनेछ । अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कूटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकहरूले १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

शून्य प्रतिशत फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  

बजाज

बजाज बाइकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाजको बाइक खरिदमा दशैं अफर योजना ल्याएको छ । कम्पनीले दशैं अफरमा ‘आमामा २५ गुणा अफर’ ल्याएको हो ।

कम्पनीले ल्याएको उक्त अफर योजनामा अब बजाज बाइकको खरिदमा पक्का २५ गुणा नगद उपहार पाइने व्यवस्था गरिएको छ । यो अफर योजना भदौ २४ देखि मंसिर १४ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ

यस्तै सुजुकी बाइक तथा स्कूटर खरिदमा पनि यो दसैंमा ग्राहकहरूले नगद छुटदेखि एक्सचेन्जमा अतिरिक्त मूल्यांकनसम्मका सुविधा पाउने भएका छन्। सुजुकी बाइक तथा स्कूटरको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले दसैंलक्षित अफर योजनामा ‘बाडौं खुशी, चढौं सुजुकी’ अफर ल्याएको हो।

उक्त अफर योजना अवधिभर सुजुकीका जुनसुकै बाइक तथा स्कूटर खरिद गर्दा ग्राहकहरूले तत्काल १० हजार नगद छुट पाउने छन्। साथै अर्को अफर योजनामा सुजुकीको नयाँ बाइकसँग सुजुकीकै पुरानो बाइक एक्सचेन्ज गर्दा बजार मूल्यमा १५ हजार अतिरिक्त मूल्यांकन र अन्य ब्रान्डको पुरानो मोटरसाइकल दिएर सुजुकीको नयाँ बाइक एक्सचेन्ज गर्दा १० हजार अतिरिक्त मूल्यांकन मूल्य पाउन सकिने कम्पनीले जनाएको छ ।  

यामाहा

यामाहा बाइक तथा स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ दशैं अफर योजना ल्याएको छ । कम्पनीले ल्याएको उक्त स्किम अन्तर्गत स्कूटरको खरिदमा ६ हजारदेखि १ लाखसम्म र बाइकमा ८ हजारदेखि १ लाखसम्म क्यासब्याक पाउन सकिन्छ ।

लक्की ड्रमार्फत हरेक दिन यामाहा राइडिङ ज्याकेट, हरेक हप्ता आइफोन–१४ र प्रत्येक महिना एकजना भाग्यशाली विजेताले जापान भ्रमणमा जान पाउनेछन् । इलेक्ट्रिक बाइक तथा स्कूटर ब्रान्ड सुपर शोकोले पनि दसैं अफर योजना ल्याएको छ। कम्पनीले नगद तथा एक्सचेन्ज सहितको चाडबाड अफर ल्याएको हो ।

सुपर शोकोको आधिकारिक बिक्रेता डी–लाइफ स्टाइलले दशैं स्कीममा नगद ४० हजार रुपैयाँसम्मको छुट दिइएको जनाएको छ । कम्पनीका अनुसार उक्त अफर योजनामा ग्राहकले आफूसँग भएका कुनै पनि पुरानो बाइक तथा स्कूटरसँग सुपर शोकोको नयाँ स्कूटर तथा बाइक एक्सचेन्ज गर्न सक्नेछन् । ग्राहकले एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा थप १० हजार रुपैयाँ पाउने छन् ।

एड्भेन्चर  

एसवाईएमको आधिकारीक बिक्रेता केजी इन्टरनेशनलले ग्राहकलाई आफ्नो १८३ सीसी क्षमताको एड्भेन्चर मोटरसाइकलमा नै ५० हजार नगद छुट दिने अफर ल्याएको छ । असोज २२ गतेदेखि कम्पनीले ग्राहकहरूका लागि यस्तो अफर ल्याएको हो ।

यसमा एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ । रेगुलर मूल्यांकनमा थप १५ हजार ग्राहकलाई दिनेछ । ताइवानी ब्राण्ड एसवाईएमले बिक्री गर्दै आएको एनएचटी २०० मोटरसाइकलमा १८३ सीसी क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम १८.३५ पीएस पावर र १५.७ एनएम टर्क प्रदान गर्छ । लामो दुरीमा सहज यात्रा गर्न सक्ने मोटरसाइकलमा ११ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ ।

क्रसफायर

क्रसफायर तथा इटालीयन ब्रान्ड मोटोको आधिकारिक बिक्रेता क्लासिक ह्वीलले दशैं लक्षित अफर योजना सार्वजनिक गरेको छ । कम्पनीले सोमबारदेखि लागु हुनेगरी क्रसफायरको बाइक खरिद गर्दा ५० हजार नगद छुटसहित फाइनान्स तथा एक्सचेन्ज ‘दशैं मेगा स्किम’ सार्वजनिक गरेको हो ।  

कम्पनीले ल्याएको उक्त अफर योजना अनुसार ग्राहकले एचजे २५० को खरिदमा नगद ५० हजार रुपैयाँ छुट पाउने छन् । क्रसफायर ट्रयाकर मोटरसाइकल खरिद गर्ने ग्राहकले ४० हजार रुपैयाँ नगद छुट पाउने छन् । त्यस्तै एक्सचेन्जमा मोटरसाइकल किन्न चाहने ग्राहकले ५० हजार रुपैयाँसम्म थप मूल्याङन दिने कम्पनीले जनाएको छ ।

जावा

जावा यज्दी मोटरसाइकलले दशैंको अवसरमा ‘यज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल’ योजना ल्याएको छ । जावा यज्दी बाइकको आधरिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले यो अफर योजना ल्याएको हो ।  

यो योजना अन्तर्गत ग्राहकले ५० हजार नगद छुटसहित ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, ३ वर्षको लागि वार्षिक कर निःशुल्क तथा अन्य उपभोग्य सामानहरू प्राप्त गर्न सक्नेछन् । यज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, रोडस्टर र जावाका अरू मोडलहरू किन्दा यो अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी आकर्षक उपहारका साथै ग्राहकहरूलाई सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । ६ स्पीड गियर जडित यज्दी मोटरसाइकलहरू ३३४ सीसी क्षमताको बिएस सिक्स लिक्विड कुल्ड इन्जिन छ । जसले न्यूनतम २९.५० बीएचपी पावर र २८.२ एनएमको टर्क उत्पादन गर्छ ।

मोटरहेड

मोटर हेड ब्राण्डका बाइकको नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले ‘महा चाड महा बचत’ नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं-तिहार र छठलाई लक्षित गर्दै यो अफर ल्याएको हो । 

यस प्रालिले विगत ७ वर्षदेखि डर्ट, क्याफे रेसर तथा स्क्रयाम्लर सेग्मेन्ट अन्तर्गतका बाइकहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यस अफर अन्तर्गत आफ्ना मोडल इयरका आधारमा फरक अफर प्रस्तुत गरेको छ ।

जसमा २५ हजार रुपैयाँदेखि एक लाखसम्म छुटको अफर सार्वजनिक गरेका छन् । यसको बाहेक २०२२ अन्तर्गतको बाइक खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफरको व्यवस्था पनि गरेको छ । भदौ १० गतेदेखि लागू भएको यो अफर छठसम्म कायम रहनेछ ।