काठमाडौं । सवारी निर्माता भारतीय कम्पनी महिन्द्राले एसयुभीमा आमहिन्द्रा एण्ड महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रिक सी–एसयूभी ‘एक्सयूभी ४००’ को मूल्य घोषणा गरेको छ । कम्पनीले यसलाई ईसी र ईएल गरी दुई भेरियन्टमा लन्च गरेको छ । यसको बेस भेरियन्टको एक्स–शोरूम मूल्य १५.९९ लाख रुपैयाँ भारु राखिएको छ ।
महिन्द्राले यस एसयूभीलाई टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ। यो सिंगल चार्जमा ४५६ किलोमिटर चल्ने कम्पनीले जनाएको छ । यसको उच्च गति १६० किमी घन्टा छ। महिन्द्राले सार्वजनिक गरेको एक वर्ष भित्रमा XUV400 को २०,००० इकाइहरू ग्राहकहरूलाई उपलब्ध गराउने दावी गरेको छ। इलेक्ट्रिक एसयूभीको बुकिङ जनवरी २६ देखि ३४ सहरमा सुरु हुने कम्पनीले जनाएको छ ।