शीर्षकहरू

मौद्रिक नीति समीक्षा : स्थायी निक्षेप सुविधा कार्यान्वयन (पूर्णपाठ)

मौद्रिक नीति समीक्षा : स्थायी निक्षेप सुविधा कार्यान्वयन (पूर्णपाठ)

काठमाडौं । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने भएको छ । नेपाल राष्ट बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो । आर्थिक वर्षको आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको राष्ट बैंकले जारी गरेको अर्धवार्षिक समिक्षामा उल्लेख छ । 
छ ।
त्यस्तै , अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्नेब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था समेत गरिने छ ।