शीर्षकहरू

मातातीर्थमा आमाको सम्झना [फोटो फिचर]

मातातीर्थमा आमाको सम्झना [फोटो फिचर]

काठमाडौं । आज मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान गरी यो पर्व मनाइन्छ । आज आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ ।

यस पर्वको अवसरमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । 

आज आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डसहित देशभर यो पर्व मनाइँदैछ । माततीर्थ कुण्डमा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको भिड बिहानैदेखि लागेको छ । भक्तजनहरु अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।