शीर्षकहरू

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर,रिलेसनशिप म्यानेजर,रिलेसनशिप अफिसर,केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो ।

देशभर रहेका शाखाका लागि कर्मचारी माग गरेता पनि बैंकले संख्या भने खुलाएको छैन ।

सूचना अनुसार अफिसरका लागि व्यवस्थापकीय संकायमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ । आवेदन दिन ब्रान्च अपरेसन तथा कर्जासँग सम्बन्धित क्षेत्रमा काम गरेको पाँच वर्षीय अनुभव हुनुपर्नेछ । ब्रान्च म्यानेजर पदका लागि भने बैंकिङ क्षेत्रमा न्यूनतम २ वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ । स्नातकोत्तर उत्तीर्णलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

यस्तै असिस्टेन्ट ब्रान्च म्यानेजर पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार आगामी जेठ २ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । इच्छुक व्यक्तिले बैंकको आधिकारिक वेबसाइटमार्फत नै आवेदन दिनसक्ने बैंकले जनाएको छ ।