लोमान्थाङ चक्रपथ सडकको दश किलोमिटर स्तरोन्नति

२८ माघ २०८०

cover image

म्याग्दी । मुस्ताङको लोमान्थाङ चक्रपथ स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ चक्रपथको १० दशमलव पाँच किलोमिटर स्तरोन्नति भएको हो ।  

लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने यो सडक बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक हो । गाउँपालिकाको केन्द्र लोमान्थाङदेखि ढिङ्गर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरी स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए ।  

“पन्चानब्बे प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको यो सडकको ठेक्का टुङ्ग्याउने तयारी गरेका छौँ”, उनले भने, “प्राविधिक टोलीले नापजाँच सकेको छ । काम सकेको जानकारी गराएको निर्माण व्यवसायीले भुक्तानी मागेको भने छैन ।” 

इमाडोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पेस्कीबापत लगेको रु ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन् । यो सडक निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए ।  

सार्वजनिक खरिद ऐनको संशोधन भएपछि अन्तिम भुक्तानीका लागि विल पेश गर्ने उनले बताए । रु २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको भेरियसन अर्डर गर्ने क्रममा लागत बढेर रु २४ करोड पुगेको छ । हालसम्म रु १८ करोड भुक्तानी भइसकेको छ । सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सडक इञ्जिनियर दिलीप उप्रेतिले बताए ।

राष्ट्रिय राजमार्गको विकल्पका साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए । स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरला नाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ । 

लोमान्थाङदेखि पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलब पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ । गतवर्ष गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा यो सडकको मार्ग खोलेको थियो । यसैगरी न्यानो–सम्जोङ–छोसेर–चेनुङ जोड्ने अर्को छ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।  

Image

रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाब...

Image

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ...

Image

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक रु दुई अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार ...

Image

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सङ्घीयले पठाएको टुक्रे योजना...

Image

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र ...

Image

जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४