शीर्षकहरू

लक्ष्मी सनराइज क्यापिटलको सेवा कमलपोखरीबाट प्रदान हुने

लक्ष्मी सनराइज क्यापिटलको सेवा कमलपोखरीबाट प्रदान हुने

काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडबाट प्रदान हुने मर्चेन्ट बैंकिङ सम्बन्धि सेवा कमलपोखरी, काठमाडौं स्थिति कार्यालयबाट हुने भएको छ । साविक लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल मार्केट मर्ज भई गत पुस २३ गतेदेखि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नामबाट सञ्चालित छन् । 

यसअघि लक्ष्मी क्यापिटल मार्केृटले नयाँ, बानेश्वर, काठमाडौंबाट र सन्राइज क्यापिटलले कमलपोखरी, काठमाडौंबाट निक्षेप सदस्य, शेयर रजिष्ट्रार लगाएतको मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको थियो । मर्जर पश्चात लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको बानेश्वर, काठमाडौं स्थित कार्यालयबाट प्रदान भइरहेको यो सेवा चैत १९ गतेदेखि कमलपोखरी, काठमाडौं स्थित क्यापिटलको कार्यालयबाट हुने जानकारी क्यापिटलले दिएको छ ।