शीर्षकहरू

लघुवित्तका शाखा प्रबन्धक कुटिएपछि एमएमबीएद्वारा सुरक्षा माग

लघुवित्तका शाखा प्रबन्धक कुटिएपछि एमएमबीएद्वारा सुरक्षा माग

काठमाडौं । सुर्खेतमा गत बुधबार डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक कुटिएको घटनाप्रति नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले सरकारसँग अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुर्‍याइदिन समेत आग्रह गरेको छ ।

संघका अध्यक्ष रामबहादुर यादवले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै ऐन/कानून बमोजिम स्थापित संस्थाहरूले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुग्ने हुनाले यस्ता अनाधिकृत गतिविधिहरू तत्काल रोक्न सम्वद्ध पक्षलाई अनुरोध गरेका हुन्‌ ।

गत बुधबार (कात्तिक २४ गते) सुर्खेतको गुर्भाकोट नगरपालिका-८ स्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मेहैलकुना, सुर्खेतमा कार्यरत शाखा प्रबन्धक दीपेन्द्र कट्टेललाई उनकै कार्यकक्षमा कान्तिकारी युवा संगठन नेपालले जनकारबाही भन्दै कालोमोसो दलेको थियो ।

संघले जारी गरेको विज्ञप्ति :