कुमारी सबल योजनाको इकाई आजदेखि बिक्रीमा

२८ माघ २०८०

cover image

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आजदेखि कुमारी सबल योजनाको इकाई निष्कासन गरेको छ । योजना व्यवस्थापक क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो । 

कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो । यो इकाई खरीदका लागि छिटोमा फागुन २ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र यो इकाईको बाँडफाँट गर्न सकिनेछ । 
न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्नेछ । योजना व्यवस्थापकसँगै यो इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत क्यापिटलले पुरा गर्नेछ ।

१० वर्ष अवधिको उक्त फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।

Image

तस्करहरुले ल्याउँदै गरेका चल्ला बेवारिसे अवस्थामा बिहिबार बरामद गरेको हो । २ लाख ४० हजार मूल्य बराबर...

Image

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सक...

Image

नेप्सेमा दोहोरो अंकको पहिरो चल्दा सूचक १९७२.०९ बिन्दुमा झरेको छ । पछिल्लो समय मनोवैज्ञानिक विन्दु भन...

Image

कुल इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटललाई र १४ प्रतिशत अर्थात ...

Image

बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको यो हकप्रद शेयर खरीद गर्न सक्नेछन्...

Image

सर्वसाधारणमा विक्री गरिएको उक्त ऋणपत्र दोस्रो बजारमा समेत कारोबार गर्न मिल्ने गरी सूचीकृत गराइएको हो...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४