शीर्षकहरू

कुमारी बैंकले बिक्रीमा ल्यायो ९७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

कुमारी बैंकले बिक्रीमा ल्यायो ९७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । बुधवार ३५ दिने सूचना जारी गर्दै कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । बैंकले विभिन्न पाँच सदस्यको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।