कर्णाली डेभलपमेन्ट बैंकले कमायो दुई करोड ८८ लाख नाफा

१० बैशाख २०८१

cover image

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले २ करोड ८८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यो वर्ष कम्पनीले ६६ दशमलव १९ प्रतिशत बढी खुद नाफा गरेको हो ।  

गत वर्ष यस अवधिसम्म १ करोड ७३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष इम्पेरमेन्ट चार्ज वापतको २ करोड १२ लाख ४३ हजार रूपैयाँ फिर्ता आएसँगै कम्पनीको खुद नाफा बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले इम्पेरमेन्ट चार्ज वापत् १ करोड ४७ लाख रूपैयाँभन्दा बढी रकम छुट्याएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी ५० करोड २८ लाख रूपैयाँभन्दा बढी रहेको छ । शेयर प्रिमियममा ४ लाख ५८ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग भने २ करोड ५१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने ५ करोड ३५ लाख रूपैयाँभन्दा बढी कायम छ । 

निक्षेप संकलन ४ प्रतिशतभन्दा बढी गरेको कम्पनीको कर्जा प्रवाह शून्य दशमलव ३५ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले ४ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ३ अर्ब ४० करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २ करोड २३ लाख रूपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी ५ रूपैयाँ ७३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रूपैयाँ ७५ पैसा रहेको छ ।  
 

Image

माछापुच्छ्रे बैंकको धादिङ्ग जिल्ला स्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं.६ स्थित श्री काल...

Image

डिजिटल कर्जासम्बन्धी व्यवस्था लागू गर्न पूर्वाधार तयार पारिनुपर्ने र उधारो उठाउने कानुन प्रभावकारी ब...

Image

जेठ ३० गतेसम्म बिक्री हुने यस बचत पत्रको निष्कासन असार ४ गते हुने मन्त्रालयले जनाएको छ ।

Image

आज युरोपियन युरो र बेलायती पाउन्डको मूल्य भने घटेको छ ।

Image

यस सहकार्य अन्तर्गत भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआइमार्फत फोनपे नेटवर्क अन्तर्गतका क्यु...

Image

काठमाडौं महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बस पार्क नजिकै ल्होत्से मल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४