शीर्षकहरू

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको बसु आइतबार दिउँसो साढे दुई बजे दुर्घटनामा परेको हो ।  बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा. गोविन्द रिजालको मृत्यु भएको हो । 

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन् । लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।